नेपालीपन, नेपाली मुटु अनि नेपाल आमाको याद !!!नेपाली भाषा र सस्कृतिको संरक्षणको नयाँ बाटो

यहाँहरु सबैलाई मेरो ब्लगमा स्वागतम छ (Wel come To You All In My Blog)

यहाहरु सबैलाई मेरो ब्लगमा हार्दिक स्वागतम!!!! Welcome To You All In My Personal Blog

Saturday, September 4, 2010

मन लाग्छ

सधै तिम्रो परेलीमा रुझ्न मन लाग्छ

क्षितिजपारी एकान्तमा हेर्न मन लाग्छ।


बादलुको घुम्टो भित्र लुकछिपि खेल्दै

बैशालु यो आतलाई चिर्न मन लाग्छ।


अभ्यस्त नयन खेलाउदै एक आपसमा

सबै कुरा आखा बाटै भन्न मन लाग्छ।


निर्दोष यि हातहरु तिम्रै सामु राखि

जिन्दगीको भाग्यरेखा कोर्न मन लाग्छ

No comments:

Post a Comment