सधै तिम्रो परेलीमा रुझ्न मन लाग्छ
क्षितिजपारी एकान्तमा हेर्न मन लाग्छ।
बादलुको घुम्टो भित्र लुकछिपि खेल्दै
बैशालु यो आतलाई चिर्न मन लाग्छ।
अभ्यस्त नयन खेलाउदै एक आपसमा
सबै कुरा आखा बाटै भन्न मन लाग्छ।
निर्दोष यि हातहरु तिम्रै सामु राखि
जिन्दगीको भाग्यरेखा कोर्न मन लाग्छ।